८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संसदबाट आज राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक पारित गर्ने तयारी



काठमाडौं, असोज २५ । व्यवस्थापिका संसदको बुधबारको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक पारित गर्ने तयारी गरेको छ ।
दलहरुबिच कुरा मिले दिउँसो १ बजेपछि बस्ने बैठकले यो विधेयक पारित गर्ने तयारी गरेको संसद सचिवालयले जनाएको छ । तर फास्ट ट्रयाकबाट नै चुनाव सम्बन्धी विधेयक पारित गर्ने तयारी भएपनि राजनीतिक दलबिच कुरा नमिल्दा यो विधेयक पारित हुन सकेको छैन ।
दलहरुबिच एकल संक्रमणिय वा बहुमतीय प्रणालीमा जाने भन्ने विषयमा कुरा नमिल्दा विधेयक पारित हुन नसकेको हो ।
कांग्रेसले एकल संक्रमणिय प्रणाली अपनाउनुपर्ने र एमाले–माओवादीले बहुमतीय प्रणाली अपनाउनुपर्ने अडान राख्दै आएका छन् । यस्तै बुधबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी पनि गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ४ : ३९ बजे