१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अन्तर्रा्ष्ट्रिय बालिका दिवसको अवसरमा कपिलवस्तुमा विविध कार्यक्रम



दिपेन्द्र कार्की असोज २५ ।
अन्तर्रा्ष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान र त्यस तर्फ ध्यानाकर्षणको सुरुवातको रुपमा मनाईएको छ ।
अन्तर्रा्ष्ट्रिय बालिका दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा टेक ओभर कार्यक्रम सञ्चालन गरिएको हो ।
टेक ओभर कार्यक्रममा तीनसय किशोरी सहभागी भएका छन् । यो पटक यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाले ३ सय बढि रेडियोबाट बहसमूलक रेडियो कार्यक्रम चलाएको अकोराबले जनाएको छ ।
कार्यक्रममा १४ देखि १९ वर्षसम्का किशोरीको सहभागिता रहनेछ । बालिका दिवसको अवसरमा सरकारले भने औपचारिक कार्यक्रम राखेको थिएन ।
यसैविच सामुदायिक रेडियो बुद्ध आवाजले पनि बालिका दिवसको अवसरमा टेकओभर रेडियो कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, महिला नेतृ शुशिला पौडेल र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु कार्की सहभागि हुनुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाहरुले किशोरीहरुको पक्षमा सशक्तिकरण मुलक र क्षमता अभिबृद्धी मुलक कार्यक्रम आगामी दिनमा संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमको संचालन बालिका अम्बिका क्षेत्रिले गर्नुभएको थियो । विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसरका बारेमा बहस गरिएको थियो ।

सामुदायिक रेडियो बुद्ध आवाज बाट विहान सवा ८ देखी पौने ९ सम्म प्रत्यक्ष प्रशारण गरिएको उक्त कार्यक्रम फेसबुक , युटुब, लगाएतका सामाजिक सञ्जालबाट समेत लाईभ गरिएको रेडियोका कार्यक्रम ईन्चार्ज दिपेन्द्र कार्कीले बताउनु भयो । सो कार्यक्रमका श्रोता तथा दर्शकले आगामी दिनमा पनि यस्ता किशोरीको विकासका निम्ति कार्यक्रम प्रसारण भयो भने समाजमा अझै धेरै जनचेतना पुग्ने धेरैले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : ३२ बजे