१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गोरुले हान्दा युवकको मृत्यु



 

कञ्चनपुर, असोज २५ । कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा बुधबार खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको ज्यान गएको छ ।
स्थानीयबासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।– रासस

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : ३७ बजे