८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जिनुवामा धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु



सरिता थारु, असोज २६ ।

राजदुत दिपकुमार उपाध्यायले कपिलबस्तु धार्मिक तथा सांस्कृतीक रुपले भरिपुर्ण रहे पनि राज्य पक्षबाट ओझेलमा पर्नु दुखको कुरा भएको बताउनु भएको छ । यस ठाउलाई विश्वसामु चिनाउने धेरे पक्ष रहेको भए पनि राज्यले त्यति ध्यान दिन नसकेको बताउनु भयो ।
बाणगंगा नगरपालिका ९ जिनुवामा संचालन भएको श्रीमद्भागबत धनधान्याञ्चल ज्ञान महायज्ञको उद्धघाटन गदै राजदुत उपाध्यायले यस्तो बताउनु भएको हो ।

उहाले स्थानीयहरु प्राविधिक शिक्षा संचालनको लागि महायज्ञको आयोजना गर्नु आफैमा सह्नीय रहेको औल्याउनुभयो । देशमा बढदै गरेको बेरोजगारीलाई निमुर्ल पार्न तथा युवालाई विदेश पलायन हुनबाट रोक्न पनि यस प्राविधिक शिक्षाले मद्धत मिल्ने बताउनुभयो ।
यज्ञको मुख्य वाचक देशकै उत्कृष्ट एवं अन्तराष्ट्रिय कथाबाचक पण्डित दिन बन्धु पोखे्रल रहनु भएको छ । महायज्ञ असोज २५ बुधबारदेखि कार्तिक १ गतेसम्म संचालन हुनेछ । महायज्ञ जिनुवा स्थित श्री शुद्धोदन जन जीबन मा. वि को प्राङ्गडमा सञ्चालन भएको महायज्ञमा दान मार्फत २ करोडवढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७४ बिहिबार ००:००  १२ : ३१ बजे