१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुदूरपश्चिमबाट मनसुन बाहिरियो



काठमाडौं, असोज २६ ।
सुदूरपश्चिमबाट मनसुन बाहिरिएको मौसमविदले बताएका छन् । बुधबार बेलुका सुदूरपश्चिमबाट बाहिरिएको मनसुन अब छिट्टै नेपालका सबै क्षेत्रबाट पनि बाहिरिने मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वबाट मध्य क्षेत्र हुँदै पश्चिममा फैलिएको मनसुन पश्चिमबाट नै बाहिरिदै मध्य र पूर्वमा पुगेर मनसुन सकिन्छ । मनसुन सकिन लागेकाले पूर्वी वायु कमजोर हुँदै गएको छ । मनसुन सकिन पूर्वी वायु निश्क्रिय भइ पश्चिमी वायु सक्रिय हुनुपर्छ ।

मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण अहिले पश्चिम नेपालको मौसम बदली भएको मौसमविद कँडेलले जानकारी दिनुभयो ।

यस्तै पूर्वमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले बदलिएको छ । काठमाडौंसहित मध्य क्षेत्रको मौसम भने सफा छ । तर दिउँसोपछि केही ठाउँमा हल्का पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २६ आश्विन २०७४ बिहिबार ००:००  ४ : ०१ बजे