१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

म्यादी प्रहरीमा आवेदन दिने महिलाको भिड



पुनहरी घिमिरे, कपिलवस्तु, २७ असोज ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिन महिलाहरुको भिड लागेको छ । आगामी मंसिर महिनाका लागी निर्धा्रित केन्द्रिय र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागी म्यादी प्रहरी पदमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको भिड लागेको हो ।
सरकारले निर्वाचनलाई शान्त,मर्या्दित र भयरहित तवरवाट सम्पन्न गर्नकालागी भन्दै देशैभर ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागी मंगलबार देखी असोज ३० सम्म आवेदन खुल्ला गरेको हो ।
आबेदन खोलिएको पहिलो दिन ४८ जनाले मात्र आबेदन दिएकोमा दोस्रो दिन भने आवेदकको भिडभाड बढेको हो । आवेदन बुझाउने स्थान तोकिएको जिल्ला प्रहरी कार्यालयमा बिहानै देखी भिडभाड लाग्ने गरेको छ ।
आवेदन दिनेमा पुरुषको तुलनामा महिलाको संख्या उल्लेख्य भेटिएको छ । अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको भुमिका निर्वाह गरेका र कतिपय नयाँले समेत आवेदन दिएका छन । आवेदन दिनेमा कतिपय किशोरी, बैदेशिक रोजगारीबाट फर्किएका र सुरक्षा निकायमा कार्य सम्पादन गरेको अनुभव भएका महिलाहरु समेत छन ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनामा भर्ना खुलेमा भर्ना हुन सहज हुने भएकाले समेत म्यादी प्रहरीमा आवेदन दिएको उनिहरुले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दोस्रो दिनमै ७ सयले आवेदन बुझाएका मध्ये २५ प्रतिशत बढि महिलाहरु रहेको बताईएको छ ।
उता आवेदन खुला गरिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा युवायुवतीको भीड बढेको छ ।
देशमा बढ्दो बेरोजगारी र पछि प्रहरी सेवामा भर्ना हुँदा प्राथमिकतामा परिने आशामा युवायुवतीको आकर्षण बढेको हो । असोज २५ गते खुलाएको आवेदन ३० गतेसम्म चल्ने छ ।
युवा युवतीको भीड बढेपछि भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय बुटवलबाट पनि आवदेन लिने व्यवस्था गरेको छ । पहिलो दिनमै रुपन्देहीबाट सात सय ७० जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।
जसमा पाँच सय ४० पुरुष र एक सय ८० महिला छन् । भर्ना आवेदनका लागि मधेशी युवा युवतीहरुको उल्लेख्य उपस्थीति रहेको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने हिसाबले नेपाल सरकारले म्यादी प्रहरी भर्नाको तयारी गरेको हो ।
अधिकतम शिक्षित युवा युवतीहरुको दरखास्त परेको छ । रुपन्देहीमा करिब १३ सय म्यादी प्रहरीको आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालयको अनुमान छ ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ४७ बजे