१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बनगाईमा बृहत युवा भेला



कपिलवस्तु २८ असोज ।
कपिलवस्तुको वाणगंगा नगरपालिका बडा नम्बर ७ मा शनिबार बृहत युवा भेला भएको छ । बनगाई युवा क्लबको आयोजनामा भेला भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बडा नम्बर ७ का बडा अध्यक्ष बिष्णु गिरीले समुदायमा लागि केही गरौं भन्ने भावना जागृत गर्दै युवाहरुको उत्साह र जोसलाई सदुपयोग गर्न युवाहरु सधै सक्रिय हुनु पर्नेमा जोड दिनु भएको थियो । वडा अध्यक्ष गिरीले देश परिवर्तनका लागि युवाहरुको भुमिका उल्लेख्य हुनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा अतिथिहरुमा युवा संघका जिल्ला उपाध्यक्ष जयलाल गिरी, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्री लगायतले बोल्नुभएको थियो । बनगाई युवा क्लवका अध्यक्ष प्रबेश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिनोद पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : ०६ बजे