१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सहकारीको राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्निय योगदान – उपमेयर अर्याल



कोपिला पोख्रेल, कपिलवस्तु २८ असोज ।
मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभा बनगाईमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष्य सर्बेन्द्रदेव खनालको अध्यक्ष्यतामा भएको कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपमेयर अर्यालले स्थानिय तहमा स्थापित सहकारीहरुले राष्ट्रिय अर्थतन्त्र बिकासमा उल्लेखनिय योगदान गरेको बताउनु भएको थियो ।

साधारणसभाबाट टिकाराम पौडेलको अध्यक्षतामा ११ जनाको संचालक समिति गठन गरिएको छ । जसमा निबर्तमान अध्यक्ष सर्बेन्द्रदेव खनाल उपाध्यक्ष कृष्ण खनाल, सचिव कृष्ण केसि, कोषाध्यक्ष मित्रलाल शर्मा, सदस्यहरु नारायण प्रसाद बेल्बासे, ओमप्रकाश घिमिरे, रिता खत्री, विष्णु कुमार थापा, रमेश चन्द्र ज्ञवाली, ईन्द्रमणि पाण्डे रहनुभएको छ ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक सुन्दर आचार्य, सदस्य बेदुराम पोख्रेल, रामकृष्ण पन्थि रहनु भएको छ भने निर्बाचन मण्डलमा संयोजक ईन्द्र बहादुर कोईराला, सदस्यमा तनुश्री भण्डारी, खडानन्द भुसाल रहनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष टिकाराम पौडेलले गर्नुभएको थियो, शुभकामना मन्तव्य सल्लाहकार अर्जुन शाहि, आर्थिक वर्ष २०७३। ७४ को प्रगति प्रतिबेदन सचिव कृष्ण केसी, आर्थिक प्रतिबेदन कोषाध्यक्ष कृष्ण खनाल, लेखा सुपरिबेक्षण प्रतिबेदन संयोजक रिता खत्रि निति तथा कार्यक्रम प्रस्तुत अध्यक्ष सर्वेन्द्र देव खनालले गर्नुभएको हो ।

कार्यममबाट संस्थाको आर्थिक वर्ष ७३।७४ मा कुल १३ करोड ४७ लाख ६३ हजार ३ सय ४२ रुपैया बराबरकोे आय व्यय प्रस्तुत गरिएको थियो । कार्यक्रममा सल्लाहकार समिति संयोजक विष्णु प्रसाद खनाल, सदस्यहरु ईन्द्र बहादुर कोईराला, ठाकुर प्रसाद दोमासे लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : ५० बजे