८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जिनुवामा जारी महायज्ञमा भक्तजनको ओइरो, अहिलेसम्म ४३ लाख दान संकलन



चुरामणि अर्याल, कपिलवस्तु, २८ असोज ।
यहि असोज २५ गते देखी जिनुवामा जारी महायज्ञमा भक्तजनको ओइरो लागेको छ । श्री शुद्धोधन जनजीवन मा.वि. जिनुवामा प्राविधिक शिक्षा लागु संगै शैक्षिक स्तर उकास्ने उदेश्यका साथ सञ्चालित विराट श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञमा दिनप्रतिदिन भक्तजनको संङख्या बढ्दै गएको हो ।

शनिवार मात्रै एक हजार बढि भक्तजनले यज्ञको अवलोकन गरेका छन् । दिनमा मात्रै नभएर रातमा पनि भक्तजनको घुइचो लाग्ने गरेको प्रचार प्रसार उप समिति संयोजक चुरामणि अर्यालले जानकारी दिनुभयो ।

यतिवेला धान खेती भित्राउने मुख्य समय भएपनि किसानहरु आप्mनो समय मिलाएर दिनमा नभए रातमा आउने गरेका छन् । अर्घाखाचीबाट पनि भक्तजन आउने गरेका छन् ।

शुद्धोधन जन जीवन मा.वि.जिनुवाको प्राङगणमा जारी महायज्ञमा दैनिक विभिन्न विशिष्ट ब्याक्तीत्वहरुको आगमन हुने गरेको निर्देशक कुमार मधु बेल्वासेले जानकारी दिनुभयो ।

आज नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य गिरिधरिलाल न्यौपाने,वाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष विष्णु न्यौपाने,रबि काफ्ले, रुपन्देहीबाट विष्णु प्रसाद अधिकारी लगायतको उपस्तिथि रहेको थियो ।

महायज्ञमा प्रमुख कथा वाचकको रुपमा प्रखर अन्तर्राष्ट्रिय कथा वाचक वाचन पं.दीनबन्धु पोखे्रल रहनुभएको कारण पनि भक्तजनको ओइरो लागेको छ भने ४३ लाख बढि दान संकलन भएको छ ।

आज शनिवार मात्र ७ लाख बढि दान संकलन भएको छ । धिरीखोला सामुदायिक बन अर्घाखाची भङगलाबाट १ लाख ११ हजार १सय एघार, डेल कुमारी खनाल जिनुवाबाट स्व. पति टिकाराम खनालको स्मृमिमा १ लाख १ हजार १ सय, वाणगंगा यातायात ब्यवसायी समिति जितपुरबाट ५१ ह्जार लगायत अन्य बाट गरी ७ लाख बढि दान संकलन भएको कोषाध्यक्ष लालबहादुर खड्काले जानकारी दिनुभयो ।

सह–वाचकको रुपमा १०१ टेक्निकल कलेज एवं एक–प्रदेश एक टेक्निकल विश्व विद्यालयका सङ्क्लपकर्ता धुर्वशरण बस्याल रहनुभएको छ । महायज्ञमा भक्तजनको आवत जावतका लागी यातायातको समेत ब्यवस्था गरिएको छ ।

आधुनिक परिवर्तित समय अनुसार शिक्षामा पनि परिवर्तन आउनुपर्ने समयको मागलाई ध्यान दिदै विद्यालयमा सञ्चालित यस महायज्ञमा कथा श्रवणका लागि आउनहुन सम्पुर्ण भक्तजनलाई अध्यक्ष दिपक कुमार थापाले आग्रह गर्नुभयो ।

महायज्ञबाट करिब २ करोड रकम संकलन हुने अपेक्षा राखिएको महासचिव राम प्यारी पौडेलले जानकारी दिनुभयो । यहि असोज २५ गते देखि जारी महायज्ञ कात्तिक १ गते सम्म रहने छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : ५४ बजे