१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु कारागारकी जेलर पुनको हृदयघातको कारण मृत्यु



कपिलवस्तु, २९ असोज ।
कपिलवस्तु कारागारकी जेलर रेखा पुनको मृत्यु भएको छ । हृदयघातका कारण ५० बर्षको उमेरमा पुनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । रक्तचाप कम भएपछि पुनको मुख र नाकबाट रगत आएको थियो । रगत आएपछि अचेत भएकी पुनको उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएको थियो । उपचारको क्रममा शुक्रबार राती जेलर पुनको सोही अस्पतालमा मृत्यु भएको थियो । शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तौलिहवामा राखेको ६२ आंै प्रहरी दिवसमा सरिक भई दिनभरी कारागारमै जेलर पुनले काम गरेकी थिइन् ।
ड्युटी पुरा गरि सोही दिन साँझ सदाझै आफ्नै निजी सवारी साधनबाट रुपन्देहीको मंगलापुरमा रहेको घरमा गएकी थिइन् । राति ८ बजेतिर छाती दुखेपछि उनलाई मेडिकल कलेज भैरहवा लगिएको थियो । जेलर पुनको मृत्युपछि अहिले कारागार शोकमा डुबेको छ । कारागारका चौकीदार घनश्याम चौधरीले जेलर पुनको मृत्युले आफुहरु टुहुरो जस्तो भएको बताएका छन् । ३ वर्षे कार्यकालमा पुनले कारागारको भौतिक सुधारमा निकै मिहनेत गरेकी थिइन् ।
महिला भएर पनि कारागार व्यवस्थित रुपमा संचालन गरेको कारागारमा खटिएका सुरक्षाकर्मीको भनाइ छ । उनकै कार्यकालमा कारागारमा झन्डै २ करोड ५० लाख रुपैयाँमा नव निर्मित भवन संचालनमा आएको थियो । यस्तै सिसि टिभी जडान लगायतका कार्यहरु केही दिनअघि मात्र भएको थियो । पुनका श्रीमान र छोरी छन् । छोरी र ज्वाँई हङकङ बस्दै आएको पारिवारिक श्रोतले जनाएको छ । पुनको आइतबार अत्येष्टी गरिने बताइएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ४ : ३७ बजे