१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एन ब्याब्सनमा त्रिपाठी निर्वाचित



कपिलवस्तु, २९ असोज ।
राष्ट्रिय निजी तथा आवासीय अर्गनाईजेशन एन ब्याब्सन कपिलवस्तुेका चौथो जिल्ला अधिबेशनमा अजय कुमार त्रिपाठी निर्वाचित हुनु भएको छ । उनले शिव प्रसाद गैरेलाई पराजित गरी अध्यक्षमा बिजयी भएका हुन । प्रथम उपाध्यक्षमा मोती पोख्रेल, उपाध्यक्षमा राम निवास गुप्ता, सचिवमा कृष्ण प्रसाद भट्टराई, सह सचिवमा कासीराम चौधरी, कोषाध्यक्षमा दिपक पाण्डेय क्षेत्री र सह कोषाध्यक्षमा त्रिपुरारी मिश्रा निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य खग प्रसाद चापागाईले बताए । यस्तै सदस्यहरुमा परामानन्द उपाध्याय, राम किशुन यादव, कबीर सुनार, श्याम बहादुर थारु, गजेश्वर यादव, आशिस कुमार गुप्ता निर्वाचित भएका छन ।

यस्तै बाल गोबिन्द चौधरी, रन बहादुर कुवर, कमल प्रसाद बेल्बासे, अभिषेक बिश्वास, अशोक कुमार कश्यप, शैलेन्द्र साहानी, तिज बहादुर चौधरी, एम बि सुनार सदस्यमा निर्वाचित भएका छन । नव निर्वाचित अध्यक्ष त्रिपाठीले निजी बिद्यालयको स्तर बढाउन तथा हक अधिकारकालागि आफु लागि पर्ने बताए । अधिबेशनको एन ब्याब्सनका केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाहीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  ६ : १५ बजे