१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुनको भाउ बढ्यो



 

काठमाडौं, असोज २९ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आजपनि तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भैरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  ६ : १५ बजे