१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मनपरी पटका पड्काउदा स्थानीय तर्सित



पार्वती पाण्डे, कपिलवस्तु ३० असोज ।
तिहार नजिकिए संगै ठुलो स्वरमा पटका पड्काउदा स्थानीय तर्सित भएका छन । दिनहु जसो साँझ ५ वजे देखि शुरु भएको बम झैं ठुलो स्वरमा आवाज आउने पटकाले सबैलाई तर्साएको छ । विशेष गरि वृद्ध वृद्धा, ससाना बालबालिकाहरुको सातो नै जाने गरेको स्थानीयबासी एवं शिक्षिका रक्षा शर्माले बताउनुभयो ।
यसरी मनपरी पटका पड्काउदा पनि प्रशासन र प्रहरीले केहि नगरेको उहाँको गुनासो छ । पटकाको ठुलो ठुलो आवाजले गर्दा अन्य मानिसहरुलाई समेत असर गरेको छ । बाणगंगा नगरपालिकाका उपमेर चक्र अर्यालले मनपरी तरिकाले पट्का पडकाउन नहुने बताउनु भयो ।
नगरपालिकाले यस बारेमा सर्बसाधारणलाई पटका पड्काएर स्थानीयलाई तर्सित नगराउनका लागि छिटटै सुचना जारी गरिने समेत जनाउनु भयो । यस प्रकारका गतिविधिले शान्ति सुरक्षामा असर पार्ने भएकोले कोहि कसैले पनि यस प्रकारका कार्य नगर्न उहाँले आग्रह गर्नु भएको छ ।
साथै प्रहरीले पर्नि विशेष निगरानी राख्न समेत उहाँले आग्रह गर्नु भएको छ । उता प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पटका पडकाएर जो कोहिलाई पनि तर्साउने, शान्ति सुरक्षामा असर पार्नेलाई कानुन अनुसार कारबाहि गरिने बताउनु भयो ।
यस्तो कार्य गर्नेलाई स्थानीयले प्रहरीमा खबर गरेर सहयोग पुर्याउन समेत अनुरोध गर्नु भएको छ । जिल्लाको सुरक्षा समितिको बैठक बसी थप सुरक्षा रणनिति बनाउने उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  १ : ३८ बजे