१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जिल्ला स्तरीय परियोजना सल्लाहकारको अनुभव आदानप्रदान



नन्दराम पौडेल, कपिलवस्तु, ३० असोज ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुले जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति संगको अनुभव आदान प्रदान बैठक आइतबार तौलिहवामा सम्पन्न गरेको छ ।

इन्सकेको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।

बैठकमा इन्सेकले जिल्लाको कपिलवस्तु नगरपालिका ६ तिलौराकोट र बुद्धभुमि नगरपालिका ४ बुड्ढीमा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको बिषयमा छलफल अन्र्तक्रिया गरिएको थियो ।

बैठकमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय संयोजक शिव खकुरेलले परियोजनाको उद्देश्य माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले अघिल्लो वर्षको कार्यक्रमको प्रभावकारिता र चालु वर्षको कार्यक्रम तथा बजेट सहितको योजना पेश गर्नुभयो ।

कार्यक्रममा कपिलवतुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रत्यक्ष रुपले स्थानीय समुदाय संगै जोडिएको बताउदै शिक्षा स्वास्थ्य र खाध्य अधिकार कार्यन्वयनका लागी सरोकारवाला कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिहंले स्वास्थ्य, शिक्षा लगाएतका समस्या समन्वयको अभावमा कार्यगर्न कठिनाई भएको बताउनुभयो ।

यस्तै स्थानीय बिकास अधिकारी चन्द्रकात न्यौपानेले इन्सेक देशकै ठुलो मानवअधिकार संस्था रहेकोले समग्र मानवअधिकारकै अगुवाई गरेकोले उठान गरेका विषयवस्तुको सम्वोधन गराउन समेत पहल गर्न आग्रह गर्नुभयो ।

कृषि बिकास कार्यालयका बरिष्ठ अधिकृत खुर्सेद अहमद खां, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि राम कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत, महिला तथा बालबालिका कार्यालय प्रतिनिधि सम्झना भण्डारी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, गैरसरकारी संस्था महासंघ कपिलवस्तु अध्यक्ष प्रविण श्रीवास्तव, मानवअधिकार निगरानी समुहकी संयोजक पुष्पा रेग्मी लगायतले आ–आफ्नो भनाई तथा सुझाव राख्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालको अध्यक्षता तथा इन्सेक सहजकर्ता नन्दराम पौडेलको सचालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  १ : ४५ बजे