१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चौथो कार्यकालको लागि प्रतिष्ठानको अध्यक्षमा खतिवडा निर्वाचन



कपिलवस्तु, ३० असोज ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाको सातौं साधारण सभा तथा चौथो अधिवेशन जिल्लाको चन्द्रौटामा सम्पन्न भएको छ ।
अधिवेशनले पुनः विष्णु प्रसाद खतिवडा अध्यक्ष रहेको १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट एक महिलासहित ३ जना उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । जसमा भूमिराज भट्टराई, रमेश सुवेदी र बिमला पौडेल रहेका छन् ।

यसैगरी अधिवेशनबाट सचिवमा खगेश्वर गिरी, सहसचिवमा भक्ति पौडेल, कोषाध्यक्षमा ओमप्रकाश भण्डारी चयन भएका छन् । यस्तै प्रतिष्ठानको कार्यकारी सदस्यहरुमा अर्जुन कुमार पौडेल, गोपाल बञ्जाडे, उमेश गुप्ता, सिताराम चौधरी, अनिल खान समिर, नन्दकिशोर गुप्ता र मनकुमारी शर्मा सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनले नेत्रराज अधिकारी, हुमकान्त खनाल, जमशेर अलिमिया, महादेव पोखरेल, लक्ष्मण भुसाल, भक्तिराम पोख्रेल, सुरज अधिकारी, फिलिप मोहम्मद र सुशिला खनाललाई सल्लाहकार चयन गरेको बताइएको छ ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले प्रतिष्ठानले मानवअधिकारको क्षेत्रमा प्रशंसनीय कार्य गरेको चर्चा गरे । प्रतिष्ठानले हालसम्म समाजमा निष्पक्ष कार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि मानवअधिकारको क्षेत्रमा प्रतिष्ठानसँगै हातेमालो गरी काम गर्ने नगरप्रमुख अधिकारीले प्रतिबद्धता जाहेर गरे ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  १ : ५३ बजे