२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

चाउचाउ मेसिनमा पेलिएर मजदुरको मृत्यु



चुरामणि अर्याल, कपिलवस्तु, ३० असोज ।
चाउचाउ मेसिनमा पेलिएर यहाँ आइतबार साँझ एक जना मजदुरको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका वडा न.–६ थुमुवाका रहेको क्यापिटल फुड प्रा.लि.मा काम गर्ने १८ वर्षिय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक केशवराज ज्ञवालीले जानकारी दिनुभयो ।

उता लापरवाहीका कारण मजदुरको मृत्यु भएको भन्दै एतीवेला स्थानियले कम्पनी घेरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  २ : १३ बजे