११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

जिनुवा महायज्ञमा १ करोड नाग्यो, पौडेल र बेल्वासे सबैभन्दा बढी रकम दिने दानवीर



चुरामणि अर्याल, कपिलवस्तु, ३० असोज ।
यहि असोज २५ गते देखी जिनुवामा जारी महायज्ञमा सोमवार सम्म १ करोड बढि रकम संकलन भएको छ । श्री शुद्धोधन जन जीवन मा.वि. जिनुवामा प्राविधिक शिक्षा लागु संगै शैक्षिक स्तर उकास्ने उदेश्यका साथ सञ्चालित विराट श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञमा दिनप्रतिदिन भक्तजनको संङख्या संगै दान रकम बढेर १ करोड नागेको हो ।

दिनमा भन्दा रातमा बढि भक्तजनको घुइचो लाग्ने गरेको प्रचार प्रसार उप समिति संयोजक चुरामणि अर्यालले जानकारी दिनुभयो । यतिवेला धान खेती भित्राउने मुख्य समय भएपनि किसानहरु आफ्नो समय मिलाएर दिनमा भन्दा रातमा आउने गरेका छन् ।

सोमवार ८ वर्षिय वालिकाले आफुले खुर्तुकेमा बचाइ राखेको रकम समेत दान दिएकी छिन् ।वाणगंगा–९जिनुवा निवासी यादुराम भुसालकी ८ बर्षिय छोरी कृपा भुसालले ३ वर्षदेखी खुर्तुकेमा जम्मा गरी राखेको रकम सहितको खुर्तुके सोमवार प्रमुख कथा बाचक मार्फत महायज्ञमा दान गरेकी हुन् । खुर्तुके खोलेर हेर्दा ११ हजार १ सय ५५ रुपिया रहेको निर्देशक कुमार मधु बेल्वासेले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा पढाइ हुने विद्यालय खुल्ने आशाले आफुले दान गरेको बताईन । विद्यालय खुलेपछि आफु तेही विद्यालयमा अध्ययन गर्ने चाहाना रहेको समेत बताईन् । उनि सगरमाथा विद्या मन्दिर भलवाडमा कक्षा ४ मा अध्ययन गर्छिन ।

यस्तै सोमवार मात्र ४० लाख बढि दान संकलन भएको छ । भुवनेश्वर पौडेल र जिवलाल बेल्वासेले समुक्त रुममा ३० लाख बराबरको ६ कठ्ठा खेत भुमि दान गर्नु भएको छ ।

त्यस्तै अमृते सामुदायिक बनबाट रु १ लाख १५ हजार १ सय ७५,कोटिहवा सामुदायिक बनबाट रु.१ लाख ११ हजार १ सय ११,गैरे मोवाइल सेन्टर वनगाईबाट ५१ ह्जार,पार्वता घिमिरेबाट ५१ ह्जार लगाएत बाट गरी ४० लाख बढि दान संकलन भएको कोषाध्यक्ष लाल बहादुर खड्काले जानकारी दिनुभयो ।

यसैविच सो महायज्ञमा प्रमुख कथा वाचकका रुपमा रहनुभएका प्रखर अन्र्तराष्ट्रिय कथा बाचक पण्डित दीनबन्दु पोख्रेलले यस क्षेत्रका विभिन्न ठाँउहरुको सोमवार अवलोकन गर्नु भएको छ । उहाँले कपिलआरोग्य मन्दिर कपिलधाम ,सामुदायिक अस्पताल ४ लगाएतको अवलोकल गर्नुभएको हो ।

शुद्धोधन जन जीवन मा.वि.जिनुवाको प्राङगणमा जारी महायज्ञमा दैनिक विभिन्न विशिष्ट ब्याक्तीत्वहरुको आगमन हुने गरेको निर्देशक कुमार मधु बेल्वासेले जानकारी दिनुभयो । भक्तजनले विद्यालय प्राङगण खचाखच भरिने गरेको र दिनप्रतिदिन बढ्दै जाने अपेक्षा गरिएको निर्देशक बेल्वासेले जानकारी दिए ।

महायज्ञमा प्रमुख कथा वाचकको रुपमा प्रखर अन्तर्राष्ट्रिय कथा वाचक वाचन पं.दीनबन्धु पोखे्रल रहनुभएको कारण पनि भक्तजनको ओइरो लागेको छ ।

सह–वाचकको रुपमा १०१ टेक्निकल कलेज एवं एक–प्रदेश एक टेक्निकल विश्व विद्यालयका सङ्क्लपकर्ता धुर्वशरण बस्याल रहनुभएको छ ।
महायज्ञमा भक्तजनको आवत जावतका लागी यातायातको समेत ब्यवस्था गरिएको छ ।

आधुनिक परिवर्तित समय अनुसार शिक्षामा पनि परिवर्तन आउनुपर्ने समयको मागलाई ध्यान दिदै विद्यालयमा सञ्चालित यस महायज्ञमा कथा श्रवणका लागि आउनहुन सम्पुर्ण भक्तजनलाई अध्यक्ष दिपक कुमार थापाले आग्रह गर्नुभयो ।
महायज्ञबाट करिब २ करोड रकम संकलन हुने अपेक्षा राखिएको महासचिव राम प्यारी पौडेलले जानकारी दिनुभयो । यहि असोज २५ गते देखि जारी महायज्ञ कात्तिक १ गते सम्म रहने छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  २ : ३१ बजे