१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कात्तिक ८ मा जु¥यो एमालेको शुभकामना



लक्ष्मण बेल्बासे, कपिलवस्तु, ३१ असोज ।
नेकपा एमाले कपिलवस्तुले दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यकमको आयोजना गर्ने भएको छ ।
मदन आश्रित स्मृती भवन तौलिहवामा आज सम्पन्न जिल्ला पदाधिकारीहरुको विस्तारित वैठकले यस्तो निर्णय गरेको जिल्ला सचिव बाबुराम आचार्यले जानकारी दिनु भयो ।
वैठकले जिल्ला अध्यक्ष झविलाल पोखे्रलको संयोजकत्वमा १७ सदस्यित मुल ब्यवस्थापन समिति गठन गरिएको एमाले कपिलवस्तुले जनाएको छ ।
कायकमलाई प्रभावकारी बनाउन जिल्ला उपाध्यक्ष बाबुराम खनालको संयोजकत्वमा अतिथी सत्कार, जिल्ला सचिव बाबुराम आचार्यको सयोजकत्वमा आर्थिक तथा चियापान ब्यवस्थापन, रहुफ अहमद खाँको संयोजकत्वमा मन्च ब्यवस्थापन, एल.पि. बेल्बासेको संयोजकत्वमा प्रचार प्रसार उपसमितिहरु निर्माण गरिएको एमाले जिल्ला नेता डम्मर शर्माले जानकारी दिनु भयो ।
जिल्लाका राजनैतिक दल, सरकारी तथा गैरसरकारी निकायका पमुख, सचारकर्मी, पार्टी कार्यकता, शुभेच्छुक सबैमा सो शुभकामना तथा चियापान कार्यकममा सरिकका लागि वैठकले आग्रह गरेको छ ।
जिल्ला अध्यक्ष झविलाल पोखेलको अध्यक्षतामा सम्पन्न वैठकमा एमाले नेताहरु कृष्ण पौडेल, खुमप्रसाद आचार्य अगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।
यता अनेमसंघ शिवराज नगर संगठन समितिको बैठक सोमबार शिवराज नगरपालिकामा बसेको छ । बैठकमा जिल्ला अध्यक्ष शरदा शर्माले संगठन पछि परेकाले संगठनलाई बलियो बनाउन सबै लागि पर्ने बताउनु भयो । त्यस्तै उहाले अहिले प्रदेश सभामा सुर्यध्वाज वाहक उम्मेदवारलाई बिजय गराउन सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
साथै बैठकले सगंठनलाई ब्यवस्थित बनाउने उदेश्य अनुरुप कार्तिक १५ गते नगर स्तरीय प्रशिक्षण कार्यक्रम गर्न निणर्य गरेको छ । उपाध्यक्ष शुसिला दलार्मी , सदस्य टिका उपाध्याय , मन्जु चौधरी र कोपिल भण्डारीको आतिथ्यता रहेको थियो । बैठक जिल्ला कोषाध्यक्ष तथा नगर संयोजक शान्ता सिहंको अध्यक्षता र नगर सचिव लक्ष्मी खनालको सचालनमा सम्पन्न भएको थियो ।

यसैविच बिजयनगर गाउपालिका नगर सगंठन समतिको आयोजनामा आउर्दै गरेको दिपावलीको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रम सिता थापाको सचालनमा भएको थयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  १ : ३५ बजे