१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बिस्फोटजन्य पदार्थको बिक्री बितरण र प्रयोगमा रोक



कपिलवस्तु, ३१ असोज ।
स्थानीय प्रशासनले पटका, बिस्फोटजन्य पदार्थ, भूईचम्पाको आयात तथा बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ । स्थानीय प्रशसानले कपिलवस्तुमा शान्ति सुरक्षमा खलल पुग्ने भन्दै प्रशासनले बिस्फोटजन्य पदार्थको बिक्री बितरण तथा प्रयोग गर्न रोक लगाएको हो ।
नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा विगतका वर्षहरुमा आतशवाजी, भुइंचम्पा एंव पट्का जस्ता बिस्फोटक पदार्थहरुको प्रयोगवाट जन धनको क्षति भएकोले सोको प्रयोग समेत नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता बिस्फोटक पदार्थहरुको ओसारपसार, बेचविखन र प्रयोग नगर्नु हुन तथा त्यस्तो कार्य गरेको पाईएमा कानून वमोजिम कडा कारवाही गरिने बताईएको छ ।
उता स्थानीय प्रशासनले देउसी भैलोका लागि राती ९ बजे सम्मको समय सीमा निर्धारण गरेको छ । तिहारमा खेलिने देउसी र भैलोका खेल्न स्थानीय प्रशासनले सा निर्देशन जारी गरेको हो । राति ९ बजे पछि देशी भैलो खेलिएको पाईए कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  १ : ३७ बजे