१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पोर्चुगल र स्पेनको जंगलमा आगलागी हुँदा ३१ जनाको मृत्यु



३१ असोज ।
पोर्चुगलका दुई छुट्टाछुट्टै स्थानका जंगलमा भएको आगलागीका कारण कम्तिमा ३१ जनाको ज्यान गएको छ । पोर्चुगलको उत्तरी सीमा क्षेत्रमा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी फैलिएको हो ।
यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । यसले गर्दा कम्तिमा ३१ जनाको ज्यानगएको तथा धेरै मानिस घाइते भएको पोर्चुगलको नागरिक सुरक्षा अधिकारीले बताएका छन् । गर्मी मौसम रहेकाले गर्दा आगलागी तीब्र गतिमा फैलिएको हो ।
अहिले आगो नियन्त्रणमा लिनका लागि हजारौं अग्नि नियन्त्रक खटिएका छन् । आगलागी फैलिएको उत्तरी पोर्चुगलको तागुस नदी क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरिएको छ । यो क्षेत्रमा आगो निभाउनका लागि ६ हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । पोर्चुगलका कोइम्ब्रा, गुएर्डा, कास्तेलो ब्रान्का र विसेउ क्षेत्रमा बढी प्रभाव परेको छ ।
यस्तै पोर्चुगलसँग सीमा जोडिएको स्पनेको क्षेत्रमा आगलागी भएको छ । आगलागीका कारण बाटो बन्द भएको छ । आगलागी फैलिएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको पोर्चुगल तथा स्पेनका अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  १ : ४८ बजे