१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अन्तर्रा्ष्ट्रिय व्यापारिक रसुवागढीनाका ६ दिनका लागि बन्द



रसुवा, असोज ३१ ।
चीनमा भोली हुन लागेको कंग्रेससभाको चुनावका लागि रसुवागढी नाका बन्द गरिएको छ । नेपाल र चीनबिच सञ्चालनमा रहेको एकमात्र अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको प्रहरीले जनाएको छ ।
१९ औँ चिनियाँ नेशनल कंगे्रससभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमा नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले बताउनुभयो ।
चुनावभरका लागि चीनको केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ । व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  ६ : २९ बजे