१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डोटीमा बस दुर्घटना, दुईजनाको मृत्यु



डोटी, असोज ३१ । डोटीको गोगनपानीमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुईवटा बस आपसमा ठोक्किँदा बैतडी दशरथचन्द नगरपालिकाकी ८० वर्षिया दौपदी भण्डारी र डडेलधुरा पर्शुराम नगरपालिकाका १३ वर्षे बिक्रम बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जना भन्दा धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  ९ : २८ बजे