६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

गुरुकुलबाट दुईजना बालक बेपत्ता, विद्यालय परिवार बेखबर



मायादेवी अनलाइन, कपिलवस्तु, १ कार्तिक ।
कपिलवस्तु वानपा २ मा रहेको मनकामना संस्कृत बिद्यापिठ (गुरुकुल स्कुल) बाट दुई जना बालक वेपत्ता भएका छन । विद्यापिठमा अध्ययन गर्दै आएका २ वालक सोमबार देखि वेपत्ता भएका हुन ।

विद्यालयवाट वालक वेपता हुँदा समेत विद्यालय परिवार वेखवर वनेको परिवारीक स्रोतले गुनासो गरेको छ । जिल्लाको शिवराज नपा ५ चन्द्रौटा निवासी निता भट्राईका १० वर्षिय छोरा सागर भटराई र धनगढी घर भएका १२ वर्षिय अर्जुन सुवेदी वेपत्ता भएको पारिवारिक श्रोतले जनाएको छ ।

१० दिन अघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुन संग आफ्नो छोरा वेपत्ता भएपछि वालककी आमा चिन्तित हुनुभएको छ ।

विद्यापिठमा वालकहरुलाई भर्ना लिन प्रवेस परिक्षा लिएर राख्ने प्रावधान भएपनि गुरु लोकानन्द स्वामीको आदेशमा अर्जुनलाई प्रावधान मिचेर भर्ना गरिएको पाईएको छ ।

उनै अर्जुन संग आफनो छोरा सागर वेपत्ता भएपछि परिवारलाई सम्पर्क गर्न कठिन भएको छ । विद्यापिठको संरक्षणमा रहने वालक विद्यापिठ वाटै वेपत्ता भएपछि परिवारका सदस्य बिद्यालय प्रति आक्रोशित भएका छन ।

विद्यापिठको संरक्षणमा राम्रो शिक्षा दिक्षा पाउने आसाले वालकलाई विधालयमा भर्ना गरे पनि बिद्यालयवाटै छोरा वेपत्ता भएपछि वालककी आमा चिन्तीत वन्नुभएको हो । गत वैशाख देखि विद्यापिठमा अध्यनरत सागर लगनशील र मेहनती बिधार्थी थिए ।
वैशाख देखि विधापिठमा अध्यनरत सागर लगनशील र मेहनती रहेको वालकका मामा चन्द्रौटा निवासी जगत पौडेलले वताउनुभयो ।
मामा पौडेलले वालकलाई कहि कतै फेला पारेमा नजिकको प्रहरी कार्यलय वा मोवाईल नम्बर ९८५७०२९८१६ ,९८५७०५५२९१ मा सम्पर्क गरिदिनुहुन आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १ : ४७ बजे