१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु प्रहरीद्धारा तीन लाख बराबरको पटका बरामद



कपिलवस्तु, १ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सिमावर्ती क्षेत्रहरुमा चेकजाँचको क्रममा तीन लाख रुपैयाँभन्दा बढीको अवैध पटकाहरु बरामद गरेका छन् ।
जिल्लाको सिमावर्ती नाका कृष्णनगर, मर्जादपुर र चाकरचौडा नाकाबाट यी पटकाहरु चेकजाँचको क्रममा बरामद गरेको जिल्ला प्रहरीले बताएको छ ।
चाडपर्वमा हुने झैझगडा सिमानाकामा हुने अवैध पटका चोरी निकासीलाई कडा चेकजाच गरिएको छ । तराई क्षेत्रमा तिहारको समयमा बढी पटकाको प्रयोग हुने र यसले गर्दा आगलागी, अराजकता हुनसक्ने सम्भावना बढी रहेकोले यस्ता घटना हुन नदिन विशेष सुरक्षाको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारीले बताउनुभयो ।
सुरक्षा सयन्त्रहरुसँग समन्वय गरी मोबाइल गस्ती, साइकल गस्ती सप्रराइज चेकिङ लगायतका सुरक्षा नीति अपनाइएको अधिकारीले बताउनुभयो । सुरक्षालाई ध्यान राखी देउसी भैलौ कार्यक्रम राती ९ बजेसम्म खेल्न पाइने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १ : ५९ बजे