७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जिनुवामा जारी महायज्ञ सकियो, १ करोड २५ लाख दान संकलन



चुरामणि अर्याल, कपिलवस्तु, १ कार्तिक ।
यहि असोज २५ गते देखी जिनुवामा जारी महायज्ञ बुधबार सम्पन्न भएको छ ।
श्री शुद्धोधन जन जीवन मा.वि. जिनुवामा प्राविधिक शिक्षा लागु संगै शैक्षिक स्तर उकास्ने उदेश्यका साथ सञ्चालित विराट श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञमा १ करोड २५ लाख दान संकलन भएको छ ।

महायज्ञमा ५५ लाख बराबरको भुमि दान भएको छ भने अन्य नगद दान गरी १ करोड २५ लाख दान संकलन भएको कोषाध्यक्ष लाल बहादुर खड्काले जानकारी दिनुयो ।

महायज्ञका अध्यक्ष दिपक कुमार थापाले १७ लाख २५ हजार,निर्देशक कुमार मधु बेल्वासेले ५ लाख, महासचिव रामप्यारी पौडेलले ६ लाख,भुवनेश्वर पौडेल र जिवलाल वेल्वासेले सम्युत्त रुपमा रु.३० लाख बराबरको जग्गा सामुदायिक बनहरु ,आमा समुहरु लगाएत बाट उल्लेखनिय सहयोग प्राप्त भएको निर्देशक कुमार मधु वेल्वासेले जानकारी दिनुभयो ।

आज समापनको दिन प्रमुख अतिथिको रुपमा पुर्व सांम्सद बलराम अधिकारी रहनुभएको थियो । महायज्ञमा प्रमुख कथा वाचकको रुपमा प्रखर अन्तर्राष्ट्रिय कथा वाचक वाचन पं.दीनबन्धु पोखे्रल रहनुभएको थियो ।

आजै विद्यालयका पुर्व शिक्षक ,जग्गा दाता लगाएतलाई सम्मान गरीएको थियो । सह–वाचकको रुपमा १०१ टेक्निकल कलेज एवं एक–प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्पकर्ता धुर्वशरण बस्याल रहनुभएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  ४ : ३५ बजे