१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु कार्तिक १ ।
कपिलवस्तुको शिवराज नपा ५ खैरीमा बुधबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पश्चिमवाट पुर्व आउँदै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियो जीप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनावाट स्कारपियो चालक दाङ घोराई उप महानगरपालिका ५ वस्ने ३७ वर्षका कुस कुमार न्यौपानेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
तीव्र गतिमा रहेको जीपले लु २ ख १३२५ नम्वरको टिप्परलाई ओभरट्याक गर्दा स्कारपियो अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।
जीपमा सवार एक जना सामान्य घाईते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  ४ : ४१ बजे