१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

७ दिनदेखि हराएकी छिन् बिममाया, खोजिमा सहयोग गरिदिन परिवारको आग्रह



सोलुखुम्बु, कात्तिक ७ । दूधकोशिका गाउँपालिका(७ देउसा निवासी बिममाया तामाङ गएको सात दिनदेखि बेपत्ता हुनुभएको छ ।
३८ वर्षकी बिममाया गएको असोज ३० गते बेलुका आफ्नै घरबाट बेपत्ता हुनुभएको हो । बेलुका पौने ६ बजेतिर घरबाट बाहिर निस्कनुभएका उहाँ कहाँ गएको भन्ने पत्ता लाग्न नसकेको उहाँका देवर आशमानले बताउनुभयो । उहाँको मानसिक सन्तुलन ठीक नभएको बताइन्छ ।
दुई छोरा र एक छोरीका आमा बिममायाको खोजी भइरहेको परिवारले जनाएको छ । झण्डै ५ फिट उचाइ भएकी बिममायालाई भेटेर खबर गर्ने व्यक्तिलाई सम्मानस्वरुप पाँच हजार प्रदान गरिने देवर आशमानले बताउनुभयोे । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७४ मंगलबार ००:००  ६ : ५३ बजे