१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लुम्बिनीमा उद्योगी व्यवसायीलाई तालिम



हरी अधिकारी, कपिलवस्तु, ७ कार्तिक ।
बेटर व्रिक नेपाल परियोजना अन्तर्रगत तीन ओटा जिल्लाका उद्योगी व्यवसायीलाई तीन दिने तालिम सोमबारदेखि लुम्बिनीमा सञ्चालन गरिएको छ । लुम्बिनीमा सञ्चालित तालिममा कपिलवस्तु, रुपन्देही र नवलपरासीका २८ जना उद्योगी व्यवसायीको सहभागीता रहेको कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गर्दै बुद्धभुमि नगरपालीका मेयर केशव कुमार श्रेष्ठले बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा सरोकारवालाहरुले काम गनुपर्ने भन्दै तालीमको सफलताको शुभकामना दिनुभएको छ ।
कार्यक्रममा ग्लोबल फेयरनेश इनिसियटिभका कार्यकारी निर्देशक होमराज आचार्यले बेटर व्रिक नेपाल परियोजनाले इट्टा उद्योगले राम्रो इट्टा उत्पादन गर्दै बाल अधिकारको संरक्षणमा सुनिश्चित गर्न सहयोग पुरयाउने बताउनु भयो । उहाँले इट्टा उद्योगले लाखौको रोजगारी सिर्जना गरेको बताउदै बाल संरक्षणमा काम गरेका उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७४ मंगलबार ००:००  ४ : २९ बजे