१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते



गोरखा, १८ कार्तिक ।
गोरखाको फिनामटारमा शुक्रबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारबाट गोरखा बजार तर्फ आउँदै गरेको ग १ त ४५४३ को ट्याक्टर दुर्घटनामा सिरान्चोक गाउँपालिकका ५ का १३ वर्षका अमोल विक र अजिरकोट गाउँपालिका नम्कीका ४५ वर्षका सुक बहादुर तामाङको मृत्यु भएको हो । ट्रयाक्टर सडकबाट करिब २ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
विकको घटनास्थलमै र तामाङको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । त्यस्तै गम्भीर घाइते भच्चेकका गोरे गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । गुरुङको टाउको, कान, बायाँ हात र खुट्टाहरुमा चोट लागेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ३ : १५ बजे