११ आश्विन २०७९, मंगलबार | Tue Sep 27 2022

भूमिसुधार कार्यालयका प्रमुखविरुद्ध मुद्दा



काठमाडौं, (रासस) कात्तिक १७ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार कानून बमोजिम जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग्दामाग्दै आयोगको टोलीले उपसचिवसमेत रहनुभएका पोखरेललाई पक्राउ गरेको थियो ।
आयोग प्रवक्ता जीवराज पोखरेलले बिगो असुल गरी कैद सजायको मागसहित पोखरेलविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ४ : ४८ बजे