१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

निर्वाचन आयोगद्धारा गोविन्दराज जोशीको उम्मेदवारी रद्द



काठमाडौं, १७ कात्तिक ।
निर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्द गरेको छ । जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको र त्यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन रहेको भन्दै आयोगले जोशीको उम्मेदवारी रद्द गरेको हो ।

तनहुँ १ का कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी गर्दै उजुरी गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाए पछि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  १ : २५ बजे