१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सरकारी दाम खाएर कांग्रेसी भजन गाउँन व्यस्त बासुदेव जम्मर कट्टेल !



मायादेवी अनलाइन, कपिलवस्तु, १९ कार्तिक ।
जिल्ला विकास समिति कपिलवस्तुमा लामो समय देखि कार्यरत बासुदेव जम्मर कट्टेल कांग्रेसको झोली बनेका छन । सरकारी ओहोदामा बसेर अनावश्यक राजनीति गरेको कारण पटक पटक विवादमा तानिदै आएका बासुदेव चुनाव आए संगै झण्डै कांग्रेस प्रबक्ता नबनेका हुन ।
स्थानीय तहको निर्वाचन पश्चात विजयनगर गाउँपालिकामा कार्यरत बासुदेव काम भन्दा पनि बढी राजनीतिक गर्न थालेको भन्दै असन्तृष्टि स्वरहरु गुञ्जिन थालेका छन । घरपाई मिलाएर जिविसबाट सरुवा भई विजयनगर पुगेका उनको कार्यशैली देखेर त्यस क्षेत्रका जनता आजित बनेका छन ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्रगत कृष्णनगर नगरपालिका प्रमुख भएर जानलाई निकै कस्सिएका उनी शैक्षिक योग्यताको कारण पछारिएका थिए । यद्यपि नगरपालिका भन्दा मालामाल उनलाई गाउँपालिका भएको छ । विजयनगर गाउँपालिकाको प्रमुख भएका उनि अहिले साँढे बाघ जत्तिकै पावरफुल बनेका छन । आफुलाई सच्चा कांग्रेसी भन्न रुचाउने उनि केहि समय पहिला सरकारी जागिर छाडेर राजनीतिमा आउन चाहन्थे । तर राजनीतिमा सुको कमाई नहुने उल्टै आफ्नै पकेट रित्तिने डरले उनले राजनीति यात्रा नरोजेको उनि निकटष्त बताउँछन ।

सरकारी जागिरे बासुदेव कांग्रेसकै कारिन्दा हुन भन्ने कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने हरेक सामग्रीले देखाई रहेको छ । उनले पोष्ट गर्ने हरेक स्टाटस राजनीतिले भोरिएको हुन्छ । उनले हरेक समय बामपंथीको खरो खनिरहेका छन । सरकारी कर्मचारी साँढे बनिरहदा रमिता हेरेर बस्ने सयौ छन तर केहि गर्न नसकेको विशनपुरका एक जना व्यक्तिले नाम नबताउने सर्तमा बताए । उनि थप्छन, ‘ बासुदेव गाउँमा राजा भन्दा पनि महाराजा भएर बसेका छन । सेतै कपाल फुलेका उनि भन्छन, उनको जस्तो स्वभाव पञ्चायतमा पनि मैले भोगेको थिएन । ’

विशेषगरि देशमा बामपंथी गठबन्धन बने पछि बासुदेव रन्फनिएका छन । बेला बेला पानी छर्केर जगाउनु पर्ने सम्मको स्थिती उनमा आउन थालेको विशेष स्रोतले बतायो । दिनभरी नामधारी सरकारी कर्मचारी, साझँ परेपछि जाडो भगाउने औषधि र त्यसकै मात ! अनि फुर्छन बामपंथी विरोधी बाद ! ति व्यक्तिले भने ।

सरकारको नुन तेल खाएर बसेको कर्मचारी राजनीतिक दलको कारिन्दा बन्न कानुनी रुपले पनि मिल्दैन । कर्मचारीमा बहाल रहुन्जेल उसले बोल्ने, लेख्ने अभिव्यक्तिले ठुलै अर्थ राख्छ । पेशागत रुपमा जिम्मेवारी लिएको व्यक्ति नीजि हुदैन । त्यो सामाजिक हो तर बासुदेवको दैनिक जीवनमा लागु हुन सकेको छैन । उनलाई तत्काल सजग बनाउँन जरुरी रहेको ति व्यक्तिले औल्याए ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  २ : ३१ बजे