११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

औषधी छैन कपिलवस्तुका स्वास्थ्य संस्थामा, किन यस्तो !



कपिलवस्तु, १९ कार्तिक ।
कपिलवस्तुका स्वास्थ्य संस्थाहरुमा विगत केही दिनदेखी अत्यावश्यक सहितका औषधी अभाव हुँदा विरामी मारमा परेका छन् ।
१० बटा स्थानीय तह रहेको कपिलवस्तुका अधिकाँश स्वास्थ्य चौकीहरुमा औषधि अभाव भएको छ । स्वास्थ्य चौकीहरुमा सामान्य झाडापखालाका लागी चाहिने जिवनजल देखी सिटामोल, एन्टिबायोटिक आइरन, एमोक्सीलिन लगायतका औषधी अभाव भएको बरकलपुर स्वास्थ्य चौकीका अहेव पिताम्वर पँन्थी बताउनुहुन्छ ।
स्थानीय तहमा स्वास्थ्यका कार्यक्रम समावेश भएपछि औषधी खरिद गरी पठाउने जिम्मा स्थानीय तहले पाएको भएपनि औषधी खरिद प्रकृया अगाडी बढेको छैन, जसले गर्दा औषधी अभाव भएको हो ।
तर जिल्ला स्वास्थ्य कार्यालयले भने विगतको सँचीत औषधीबाट काम चलाएपनि अभाव भएकाले औषधी माग गरिएकाले मँसीर पहिलो हप्तासम्म सवै ठाउँमा औषधी पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख भगत प्रसाद यादवको भनाइ छ । कपिलवस्तुमा हालसम्म ३ वटा अस्पताल, २ बटा प्राथमिक स्वास्थ्य केन्द्र, ७४ बटा स्वास्थ्य चौकी सञ्चालनमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  १ : ५५ बजे