७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालमै पहिलो पटक चितवनमा भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



चितवन, कात्तिक १९ । – चितवनमा भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यो सम्मेलनमा ११ देशका भैसी विज्ञहरुले सहभागिता जनाउने भएकाछन् । ‘भैंसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा हुँदैछ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ । भैंसीको क्षेत्रमा निकै लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता वैज्ञानिकहरू सहभागी हुने छन् ।
सम्मेलनमा ५५ जना विदेशी पाहुनासहित २ सय जनाको सहभागिता रहनेछ । सम्मेलनमा नेपालसहित विश्वका ११ देश भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेिरका र क्यानडालगायतका भैंसी सम्बन्धी अनुसन्धानकर्ताहरूको सहभागिता रहने आयोजकले बताएको छ ।
विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको सहभागिता रहने कार्यक्रममा ‘इन्टरनेशलन बफ्यालो फेडेरेशेन’का महासचिव प्रो। डा। एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रो। भाइस चान्सलर नासिम अहमद नेपाल आउने पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको डीन प्रा।डा।शारदा थपलियाले जानकारी दिनुभयो ।
भै‌सी पालनका बिषयमा नेपालसहितका ९० वटा ‘कार्यपत्र ’माथि छलफल हुने बताउँदै डाक्टर थपलियाले विश्वका विभिन्न देशमा रहेको भंैसीका प्रजातीहरूको बारेमा गरिएको अनुसन्धान र भूगोल सुहाउँदो प्रविधि एवम् ज्ञानसीपको आदानप्रदान गर्ने मूल उद्धेश्य सम्मेलनको रहेको बताउनुभयो ।
नेपालका ४९ र विदेशी ४१ वटा पेपर प्रस्तुत हुने बताउदै उहाँले भैंसीको व्यवसायिक उत्पादनका लागि सरकारी निकायलाई नीति निर्माणमासमेत सहयोग पुग्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । नेपालमा लिमे, पार्कोटे, गड्डी भैंसी पाइन्छ । नेपालको दुध उत्पादनमा दूई तिहाई र मासु उत्पादनमा भैंसीको योगदान ५० प्रतिशत रहेको छ । नेपालमा ५० लाख भैंसी रहेको अनुमान छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  ८ : ०२ बजे