१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

रुपन्देहीमा डेंगुको संक्रमण बढ्यो



भुवन पाण्डे, भैरहवा, २० कार्तिक ।
रुपन्देहीमा डंगुको संक्रमण बढेको छ । अहिलेसम्म ३ सय ८९ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । आइतबार बुटवलमा पत्रकार महासंघ रुपन्देही, जिल्ला जनस्वास्थ्य कार्यालय र बुटवल उप महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सो तथ्यांक प्रस्तुत भएको हो ।

डेंगुबाट २ जनाको मृत्यु भएको छ । जाडो मौसम सुरु हुनलाग्दा समेत डेंगुका विरामी दैनिक बढ्दै गएका छन् । धेरैजसो विरामी बुटवल, तिलोत्तमा, देवदह र सैनामैना क्षेत्रका छन् । बुटवलका मात्रै २ सय ६ जना विरामी छन् ।

त्यसमध्ये पनि धेरै विरामी तिनाउ नदी किनारको वस्ती बुटवल ११ मा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गोदारका अनुसार खाली र थोत्रा टायर तथा पानी जम्ने ठाउ“मा लामखुट्टेको वासस्थान बढी हुन्छ ।

त्यसैले यो ठाउमा बढी संक्रमण भएको हो । बढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नगरपालिकास“ग सहकार्य गरेर खोज र नष्ट अभियान गरेको छ । बढी प्रभावित बुटवल वडा नम्बर ११ र औद्योगिक क्षेत्र रहेको १० मा धेरै खटेका छन् । महिला स्वास्थ्य स्वयमसेविका बुटवलको घरघरमा पुगेर सन्देश प्रवाह भएको बुटवल उपमहानगरपालिकाको दावी छ ।

लुम्बिनी अञ्चल अस्पतालमा केही स्वास्थ्यकर्मीलाई समेत डेंगु देखिएको छ । यस अस्पतालमा हाल करिब ४० जना डेंगुका बिरामी उपचाररत छन् । अस्पताल आउने डेंगुका विरामीमध्ये ९० प्रतिशत रुपन्देहीका छन् । चिकित्सकहरुका अनुसार लामखुट्टेको वृद्धि र फोहोर तथा टायरहरुको उचीत व्यवस्थापन नहुदा समय अगावै डेंगु ज्वरोका विरामी बढेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १ : ५४ बजे