७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अमेरिकाको चर्चभित्रै गोली चल्यो, २७ को मृत्यु



टेक्सास २० कात्तिक ।
अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् ।

आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०(३० वर्षको गोरो युवकले बिहान साढे ११ बजे चर्च्भित्र घुसेर गोली चलाएको थियो ।
प्रहरीका अनुसार गोली लागेर पाँच वर्षदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु भएको छ । आक्रमणकारीलाई पनि प्रहरीले मारिदिएको छ । २० जना घाइते भएका र उनीहरुलाई हेलिकोप्टरमार्फत अस्पताल र्पुयाइएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

सामाजिक सन्जालमा राखिएको एक भिडियोमा चर्च बाहिरको इलाकालाई पुलिसले घेराबन्दी गरेर राखेको देखिन्छ । प्रान्तका गर्भनर ग्रेग एबटका अनुसार टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो आक्रमण हो । उनले यस घटनालाई घृणित भन्दै मृतक परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखेका छन, ‘भगवान सन्डरल्याण्ड स्प्रिङ्स, टेक्सासका जनताको साथ देऊ ।’

 

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  २ : ४४ बजे