१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022

सिन्धुलीमा जीप दुर्घटना : चारको मृत्यु, छ जना घाइते



काठमाडौँ, २० कार्तिक ।
सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। आइतबार राति बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखी रहेको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको ललिपुरस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । चालक यज्ञबहादुर रानामगरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  ४ : २४ बजे