१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एक लाख रुपैयाँ घुससहित गौर अस्पतालका अधिकृत पक्राउ 



काठमाडौं, कात्तिक २२ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुससहित पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौं तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । कार्यकक्षबाटै पक्राउ परेका झामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ४ : ०५ बजे