६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मालेका पोलिटब्युरो सदस्य सहित ३० नेता एमालेमा प्रवेश



काठमाडौं, कात्तिक २२ ।
नेकपा मालेका पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
काठमाडौंमा मंगलबार बेलुका आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मालेका केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, पार्टीको मजदुर संगठनका केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभयो ।
ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा मालेकातर्फबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । त्यस अवसरमा अध्यक्ष ओलीले वाम गठबन्धनलाई समृद्ध र प्रभावकारी बनाउने एकता प्रक्रियामा यसले सहयोगी हुने बताउनुभयो ।
मालेका पोलिटब्युरो सदस्य बलामीले बृहत वामपन्थी एकताका लागि प्रयास गर्दा मालेको नेतृत्व तयार नभएकाले आफूहरू बृहत वाम एकतामा आएको बताउनुभयो ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ४ : ०७ बजे