१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न चिनीयाँ टोली लुम्बिनीमा



भुवन पाण्डे, भैरहवा, २४ कार्तिक ।
रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उच्च प्राविधिकसहितको टोली लुम्बिनी आएको छ ।
चाइनाको केरुङ हुँदै पोखरा, काठमाडौँ देखि लुम्बिनी सम्मको रेलमार्गको संभाव्यता अध्ययन गर्न टोली लुम्बिनी आएको हो । टोलीले मुग्लिङ देखि नवलपरासीको बर्दघाट हुँदै लुम्बिनीसम्मको रेल मार्गका लागि औगोलीक अवस्थाको अध्ययन गरेको छ ।
अध्ययनको क्रममा चीनीय पक्ष सकारात्मक देखिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताउनुभयो । पोखरा देखि लुम्बिनीसम्म भौगौलीक जटिलता भएकोले केरुङ देखि पोखरा, पोखरा देखि काठमाडौँ र मुग्लिङ हुदै लुम्बिनी ल्याउने गरि चिनियाँ टोलीले अध्यययन गरेको उपाध्यायले बताउनुभयो ।
लुम्बिनीको अध्ययन पछि टोली आजै काठमाडौँ फर्किएको छ । यस अघि टोलीले केरुङ नाका, पोखरा र काठमाडौँको अध्ययन गरिको थियो । काठमाडौँ भएको छलफलमा टोलीले नेपालमा रेलको संभावना, चीनमा भएको रेल मार्गको विकासका बारे नेपाली अधिकारीहरुलाई जानकारी गराएको छ ।
नेपाली पक्षले पनि रेल मार्गको आवश्यकता सँगै भूगोल र लागतका बारेमा चीनीया पक्षसँग छलफल भएको उपाध्यायले बताउनुभयो । अध्ययनका लागि चिनियाँ राष्ट्रिय रेल्वे प्रशासनका उपप्रमुख जेङ जियानको नेतृत्वमा ३३ सदस्यीय टोली नेपाल आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : १६ बजे