७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ 



 

दाङ, कात्तिक २४ ।
प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । रोल्पा कोटवाङ घर भइ दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने २३ वर्षकी अमृता वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वलीले प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दाङ दंगीशरण गाउँपालिका वडा नं ७ का अनिकेत योगी र बिजयराज बिकबाट प्रतिब्यक्ति एक लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिषेश टोलीले वलीलाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : २४ बजे