१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

साउदीमा ११ महिनादेखि तलब नपाएपछि २० जना फर्किए



काठमाडौं, कात्तिक २४ । साउदी पुगेका २० जना युवा तलब नपाएपछि फर्किएका छन् । १५ महिना अघि कुपण्डोलको इनोभेटिभ म्यानपावरबाट गएका उनीहरु काम गरेको गरेको तलब नपाएपछि फर्किएका हुन् ।
साउदी सादिन अल केयर कम्पनीमा प्लम्बर, स्काफोल्डिङ र वायरिङको कामका लागि गएका उनीहरुलाई क्लिनरको काम लगाएका थियो । नेपालमा म्यानपावरले १२ सयदेखि २२ सय रियालसम्म तलब भनेपनि उनीहरुलाई ९ सय रियाल मात्रै दिने बताएको थियो ।
९ सय रियाल दिने बताएको कम्पनीले ११ महिना हुँदा पनि तलब नदिएपछि उनीहरुले म्यानपावरलाई पटक पटक सम्झौता अनुसारको तलब दिलाइदिन आग्रह गरेका थिए । म्यानपावरले केहिदिनमै तलब दिलाउने आश्वासन दिएपनि पुरा नभएपछि आफू लेबर कोर्टमा पनि गएको साउदीबाट फर्किएका खोटाङका अमेकमणी राईले बताउनुभयो ।
उनीहरुले म्यानपावरलाई ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म बुझाएर साउदी गएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ८ : ३० बजे