१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दैलेखमा बस दुर्घटना, तीनजनाको मृत्यु



दैलेख, २५ कात्तिक ।
दैलेखमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । एकजनाको शुक्रबार राति घटनास्थलमा र दुईजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोजले जानकारी दिनुभयो । दुर्घटनमा ८ जना घाइते भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ३ : ०१ बजे