८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बन्चरोले हानेर छोरी र दुई नातिनीको हत्या



रोल्पा, कात्तिक २५ । रोल्पा नगरपालिका–७ घापामा एक व्यक्तिले माइती आइकी छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
४० वर्षका लिलबहादुर पुन मगरले २५ वर्षीया छारी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएका पुनमगरले शुक्रबार बेलुका खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।
पुनलाई प्रहरीले पक्राउ गरेको छ । मृतकहरुको शव पाष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ६ : ०४ बजे