८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

महेशखोलामा ट्रक खस्यो, एकजनाको मृत्यु



धादिङ, कात्तिक २५ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको खयरघारीमा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौंबाट भैरहवाका लागि छुटेको ना ५ ख ८३९९ नम्बरको ट्रक महेशखोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका सहचालक २० वर्षका भीम नेपालको घटनास्थलमै ज्यान गएको हो । गाडी चालक भने सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ६ : ०९ बजे