८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माओवादी नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा, सबै सकुशल 



रोल्पा, कात्तिक २५ ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो ।
बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका छ । पुनको दवावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता पुन आक्रोशित थिए ।
विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । चुनाव प्रचारका लागि रोल्पाका उम्मेदवार समेत रहेका नेता पुन जिल्लामा रहेका बेला उहाँको गाडीलाई लक्षित गरी विस्फोट भएको हो । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो ।
पुनसहितको टोली ५ वटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको भए पनि बिचमा रहेको पुनकै गाडीलाई लक्षित गरेर माइन विस्फोट भएको हो । त्यो गाडीमा माओवादी समानुपातिक उम्मेदवारा जयपुरी घर्ती पनि हुनुहुन्थ्यो ।
यस्तै नेकपा एमालेका केहि नेता पनि पुनसँगै थिए । शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ६ : ५१ बजे