१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

धनकुटाः ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु



धनकुटा, कात्तिक २५ ।
ट्रयाक्टरको ठक्करबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकमा एकजनाको ज्यान गएको छ ।
दुर्घटनामा ४८ वर्षका शुक्रबहादुर याखाको ज्यान गएको प्रहरीले जनाएको छ । कावेली करिडोरको सडकमा गुडिरहेको मे १ त ५९७ नम्बरको ट्रयक्टरले पैदाल यात्रा गरिरहेका याखालाई शुक्रबार बेलुका ७ बजे ठक्कर दिएको थियो ।
घाइते भएका याखाको उपचार गराउन धनकुटा अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ७ : ५३ बजे