८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बामपंथी मिल्दा कांग्रेसमा ठुलै भुइँचालो गयो : अध्यक्ष केसी



मायादेवी अनलाइन, कपिलवस्तु, २७ कार्तिक ।
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमाले र माओबादी मिल्दा सबैभन्दा ठुलो भुइँचालो कांग्रेस भित्र गएको बताएका छन । कपिलवस्तुको चन्द्रौटामा सोमबार आयोजित पार्टीको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रश्न गरे≤ ‘एमाले माओबादी मिले, चुनावी तालमेल गरे, बाममोर्चा बन्यो अब देशमा कम्युनिष्ट शासन आउँछ, अब रुन पनि पाइन्न, हाँस्न पनि पाइन्न भनेर यो देशका प्रधानमन्त्रीले अभिव्यक्ति दिईरहेका छन्, यस्तो पनि खेती गर्ने ?

देशको राष्ट्रियता, अखण्डता माथि लगातार हस्तक्षेप भैरहेको प्रति यो देशका प्रधानमन्त्रीलाई कुनै चिन्ता छैन उनले भने, ‘तर कम्युनिष्ट मिले अब हाँस्न र रुन पनि पाइन्न भनेर बोल्दै हिडेका छन, यो कुरा जनताले बुज्नु पर्छ ।’ आजको युगमा देशमा कम्युनिष्ट पार्टीको अधिनायकबाद जन्मन्छ भन्नु हास्यस्पद अभिव्यक्ति मात्र भएको उनको तर्क थियो ।

जहाँनिया राणा शासन र एकतन्त्रिय राजा शासन फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिष्टले ल्याउने अधिनायकबाद सहन नसक्ने भन्दै कांग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरे । पटक पटक सरकारको स्वाद चाख्न बानि परेको कांग्रेसलाई बामपंथीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न कि भनेर कांग्रेसमा हल्लिखल्लि छ, उनले भने≤ ‘यो कुरा मलाई एक दिन प्रधानमन्त्री शेर बहादुर देउवाले भेटर भनेका थिए, दाई देशमा दुई ठुला पार्टी मिले अब के होला ?

आफुले त्यस भेटमा बामपंथी मिले ठिक भयो तर देशमा कम्युनिष्ट शासन आउँछ भन्ने चिन्ता नगर्नु भनेर जवाफ फर्काएको बताए । विगत देखि नै संघियताको विरोध गर्दै आएका अध्यक्ष केसीले यहाँ पनि संघियताले मुलुलाई निकास नदिने दाबी गरेका थिए ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : ४३ बजे