१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

लोकतान्त्रिक फोरममा खैलाबैला, युवा कमिटी अध्यक्ष चौधरी सहित १५ जना एमाले प्रवेश !



सीताराम चौधरी, चन्द्रौटा, २७ कार्तिक ।
नेपाल लोकतान्त्रिक फोरमका युवा कमिटीका अध्यक्ष जगतदेव चौधरीसहित १५ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शिवराज नगरपालिका वडा नं. १ स्थित संयुक्त बाम गठबन्धनको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चौधरी सहित १५ जना एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै सबैका मुद्धा उठाउने राजनैतिक दल भनेको नै नेकपा एमाले भएको भन्दै आपूm लोकतान्त्रिक फोरम त्यागेर एमालेमा प्रवेश गरेको चौधरीले बताउनुभयो । “हामी पार्टी प्रवेश मात्रै होइन बाम गठबन्धनका उम्मेदवारलाई जिताउन दिलोज्यान दिई लाग्नेछांै । गठबन्धनको जीतलाइ अब कसैले चाहेर पनि रोक्न नसक्ने तर्क राख्दै अन्य युवाहरुलाई समेटेर चुनावी प्रचारप्रसारमा लाग्नेछौं ।” चौधरीले प्रतिवद्धता जाहेर गर्नुभयो ।
नव प्रवेशीलाई स्वागत गर्दै प्रमुख अतिथि नेत्रराज अधिकारीले विगतका दिनमा एउटा युवा जमात बाटो विराएको भएपनि अहिले सही मार्ग छनौट गरेको बताउनुभयो । नवप्रवेशीलाई स्वागत गर्दै स–सम्मान उचित स्थान दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. ३ प्रदेशसभा १ का उम्मेदवार अर्जुन के.सी.ले संयुक्त बाम गठबन्धनको जीतले जातीय भेदभाव रहित समाज निर्माण हुने तर्क राख्दै नवप्रवेशी युवाहरुलाई गठबन्धनको चुनावी प्रचारप्रसारमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका युवा कमिटीका अध्यक्ष जगतदेव चौधरी, सुमन थारु, अजमत अलि मुसलमान, भग्गन थारु, शिवमोहन थारु, सोहराम थारु, जान आलम, अर्जुन थारु, पतवारी थारु, सरिता थारु, मितिलाल थारु, रामचन्द्र थारु, जगदेश थारु, सुनिराम थारु लगायतले पार्टी प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : ५८ बजे