१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आज विश्व मधुमेह दिवस मनाईंदै



काठमाडौं, २८ कात्तिक ।
‘मधुमेह र महिला स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मधुमेह दिवस मनाईंदैछ । अन्तर्रा्ष्ट्रिय मधुमेह संघले सन् १९९१ देखि मधुमेहले स्वास्थ्यमा पार्ने असर बारेमा जानकारी दिन यो दिवस मनाउन थालेको हो । हरेक १० जना मधुमेहका बिरामी मध्ये एकजना महिला रहने गरेको तथ्याङ्क छ ।
विशेष गरी गर्भवति महिलामा मधुमेहको जोखिम बढेकाले यो वर्षको नारा मधुमेह र महिला स्वास्थ्य राखिएको हो । वीर अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ डा. अलर्क देवकोटा रजौरियाका अनुसार गर्भावस्थामा मधुमेह देखिए ती महिलालाई भविष्यमा मधुमेह हुने खतरा धेरै हुन्छ ।
महिलामा मधुमेह भए, उसबाट जन्मने बच्चामा अपाङ्गता हुनसक्न तथा महिलाको मृगौला, आँखा, मुटु, खुट्टा र नलीमा असर हुन्छ । तौल घट्नु, थकान बढ्नु, मुख सुख्खा हुनु र धेरै पिसाव लाग्नु मधुमेहको मुख्य लक्षण भए पनि ५० प्रतिशत मानिसमा कुनै पनि प्रकारको लक्षण नदेखिने गरेको उहाँले बताउनुभयो । तेलमा तारिएका खानेकुरा मधुमेहको लागि सबैभन्दा हानिकरण भएको डाक्टरको भनाई छ ।
यस्तै मैदाले बनेका मम, चाउमिन, भूजिया लगायतका खानेकुरा पनि नखान डाक्टरको सुझाव छ । नियमित कम्तिमा पनि आधा घण्टा पसिना आउने गरी व्यायाम गर्नु नै मधुवेहबाट जोगिने उपाय भएको उहाँले बताउनुभयो । विश्वमा झण्डै ४२ करोड मानिस मधुमेह रोगबाट पीडित भएका विभिन्न अध्ययनले देखाएको छ ।
मधुमेहका झण्डै ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् । पहिले पहिले विकाशसिल राष्ट्रमा देखिएको मधुमेह केही वर्ष यता विकासोन्मुख राष्ट्रमा विकराल बन्दै गएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  ४ : ०७ बजे